स्रोत नखुलेको रकम सहित पक्राउ परेका शाक्यलाई भन्सार कार्यालय चलान

189

स्रोत नखुलेको रकम सहित पक्राउ परेका शाक्यलाई भन्सार कार्यालय चलान

प्रहरीले रुपन्देहीको भैरहवाबाट स्रोत नखुलेको रकम सहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाईपास सडकमा स्रोत नखुलेको २४ लाख ५० हजार रुपैंया सहित बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरका २८ वर्षीय सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।
स्रोत नखुलेको पैसा सहित पक्राउ परेका शाक्यलाई प्रहरीले भन्सार कार्यालय पठाएको छ । शाक्यलाई आवश्यक कारवाहीका लागि उक्त रकम सहित भैरहवा भन्सार कार्यालय वेलहीया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।