बुटवल बेलवासमा सवारी दुर्घटना : बाबु-छाेराकाे मृत्यु

360

बुटवल बेलवासमा सवारी दुर्घटना : बाबु-छाेराकाे मृत्यु

बुटवलमा बुधबार दिउसाे भएकाे सवारी दुर्घटनामा बाबुछाेराकाे मृत्यु भएकाे छ । साेही दुर्घटनामा दुई जना घाईते भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबास स्थित पुर्वपश्चिम राजमार्गमा भएकाे सवारी दुर्घटनामा साेही स्थानका अन्दाजी ४५ वर्षीय साेनु भट्टराई र उनकाे छाेरा अन्दाजी ६ वर्षिय निसान भट्टराईकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।
बुधबार दिउसाे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र बुटवतिर आउदै गरेकाे लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा उक्त दुर्घटना भएकाे हाे ।
ती दुई माेटरसाईकल आपसमा ठाेक्किदा  लु ४१ प ४१६८ नम्बरको माेटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी गएकाे र उक्त माेटरसाईकलमा सवार घाईते बाबुछाेराकाे उपचारकाे लागि लुम्बिनी प्रादेशिक अस्पताल लैजादा चिकित्सकले मृत्यु घाेषणा गरेकाे प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयाे ।
भएकाे हाे ।
साेही माेटरसाइकलमा सवार वेलबासकै १५ वर्षिय आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकलमा सवार पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाईते भएकाे प्रहरील जनाएकाे छ । उनीहरुकाे अवस्था मध्यम रहेकाे र दुब‌ै जनाका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।