प्रतिनीधि सभा सदस्यमा रुपन्देहीबाट को को भए उम्मेदवार सिफारिस ?

121

प्रतिनीधि सभा  सदस्यमा रुपन्देहीबाट को को भए उम्मेदवार सिफारिस ?

सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिनीधि सभा सदस्य उम्मेदवारको लागि रुपन्देहीका दुई निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा गृहमन्त्री खाँणलाई क्षेत्र नं. २ र ३ ले सिफारिस गरेका हुन् ।
रुपन्देही क्षेत्र नं. २ मा केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाँण सहित नेताहरु युवराज गिरी, गोकर्ण पौडेल, चुन्नप्रसाद पौडेल र कृष्णप्रसाद पोखरेलको नाम सिफारिस गरिएको क्षेत्र नं. २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले बताउनु भयो । त्यस्तै आफ्नै निर्वाचन क्षेत्र रुपन्देहीको क्षेत्र नं. ३ मा गृहमन्त्री खाँणको एकल नाम सिफारिस गरिएको क्षेत्रीय सभापति सुशिल गुरुङले जानकारी गराउनु भयो ।
त्यस्तै क्षेत्र नं. १ मा केन्द्रीय सदस्य अब्दुल रज्जाक, क्षेत्र नं. ४ मा सांसद प्रमोद यादव र क्षेत्र नं. ५ मा कांग्रेसले सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहको एकल नाम सिफारिस गरेको छ ।
सत्ता गठबन्धनको सहयात्री माओवादी केन्द्रले रुपन्देहीको क्षेत्र नं. १ मा मोह्मद वकिल मुसलमान, क्षेत्र नं. २ मा पूर्व सभामुख ओनसरी घर्ती, चन्द्रप्रकाश खनाल बलदेव, विनोद पहाडी र बामदेव क्षेत्री, क्षेत्र नं. ३ मा हकिउल्ला खाँ र क्षेत्र नं. ५ मा बामदेव क्षेत्रीको नाम सिफारिस गरेको छ । नेता विनोद पहाडीका अनुसार क्षेत्र नं. ४ को अझै टुंगो लागिसकेको छैन ।
सत्ता गठबन्धनको अर्को सहयात्री नेकपा एकीकृत समाजवादीले रुपन्देहीको क्षेत्र नं. १ मा पार्टीका केन्द्रीय नेताहरुलाई सिफारिस गरेको छ । सो पार्टीले रुपन्देहीको क्षेत्र नं. १ मा महासचिव वेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलको नाम सिफारिस गरेको छ । क्षेत्र नं. २ मा राजु गुरुङको एकल नाम सिफारिस गरिएको छ । नेकपा एकिकृत समाजवादीले रुपन्देही क्षेत्र नं. २ लाई पार्टीको बटमलाईन बनाउँदै राजु गुरुङको एकल नाम सिफारिस गरेको हो । सो पार्टीले क्षेत्र नं. ३ मा उमा काफ्ले, कमल भण्डारी, अविराम विक र ईन्द्रजित यादव ४ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. ४ मा श्रीराम यादव र क्षेत्र नं. ५ मा कलेन्द्र पुनको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले पार्टी उपाध्यक्ष, पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई रुपन्देही क्षेत्र नंं. २ बाट एकल नाम सिफारिस गरेको छ । एमालेले क्षेत्र नं. १ मा छविलाल विश्वकर्माको एकल नाम सिफारिस गरेको छ भने क्षेत्र नं. ३ मा वासुदेव घिमिरे, घनश्याम भुसाल, दुर्गा भुसाल र यज्ञजित शाह ४ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. ५ मा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको एकल नाम सिफारिस गरेको एमाले बुटवल नगर कमिटिका अध्यक्ष किशन ज्ञवालीले जानकारी गराउनु भयो । त्यस्तै क्षेत्र नं. ४ मा नाम टंगो लागिसकेको छैन । उहाँका अनुसार आज बस्ने बैठकले क्षेत्र नं. ४ मा पनि उम्मेद्वार टंगो लगाएर सिफारिस गर्नेछ ।