किसानलाई वित्तिय साक्षरता प्रदान गर्दै एनएमवि बैंक

25

किसानलाई वित्तिय साक्षरता प्रदान गर्दै एनएमवि बैंक

एनएमवि बैंकले किसानलाई वित्तिय साक्षरता प्रदान गरेको छ । बैंकको सुनवल शाखाले त्यस क्षेत्रका किसानलाई वित्तिय साक्षरता प्रदान गरेको हो । सुनवल–वडेरा क्षेत्रका पशुपालक तथा कृषक समुहमा आवद्ध किसानहरुलाई बैंकिङ् शिक्षा प्रदान गरिएको एनएमबि बैंक सुनवल शाखाका प्रबन्धक अर्जुन ज्ञवालीले बताउनु भयो ।
कृषि उद्यमशिलता, कृषि योजना, त्यसको बित्तीय व्यवस्थापन र बजारको सम्भावना तथा दिगो संचालनको बारेमा बैंकका सुनवल शाखाका प्रवन्धक ज्ञवालीले प्रकाश पार्नुभएको थियो । त्यस्तै बैंकको महत्व, डिजिटल बैंकिङ्, बैकिङ् सुरक्षा, तथा उक्त बैंकले प्रदान गर्ने सुविधाका बारेमा किसानहरुलाई जानकारी गराईएको थियो ।
कार्यक्रममा पशुपालक किसान समुहका अध्यक्ष गंगाराम गैरेले एनएमवि बैंकले किसानलाई उपयोगी कार्यक्रम ल्याएको र वित्तिय साक्षरता कार्यक्रमले किसानलाई धेरै कुरा सिक्ने अवसर दिएको बताउनु भयो ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको ईजाजत लिएको एनएमवि बैंकले २६ वर्षदेखि बैंकिङ् सेवा प्रदान गर्दै आएको छ । यो बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । त्यस्तै सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालमै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । यो बैंकका हाल देशभर २०१ शाखा, १३९ एटीएम, ११ एक्सटेन्सन काउन्टर रहेको सुनवल शाखाका प्रवन्धक ज्ञवालीले जानकारी गराउनु भयो ।