मानवअधिकारमैत्री नीति निर्माणमा जिल्ला समन्वय समिति प्रमुख चापागाईँको जोड

66

मानवअधिकारमैत्री नीति निर्माणमा जिल्ला समन्वय समिति प्रमुख चापागाईँको जोड

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँले मानव अधिकारको रक्षा र प्रवद्र्धनको लागि स्थानीय तहले नीति निर्माण र कार्यान्वयनमा जोड दिनुभएको छ । उहाँले एम्नेस्टी अभियान्तासंग आफूपनि सँगसँगै रहेको बताउँदै मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने र मानवअधिकार संरक्षणमा आफूपनि सँगसँगै रहेको उल्लेख गर्नुभयो ।
एम्नेस्टी इन्टरनेशनल नेपालले आईतबार बुटवलमा आयोजना गरेको मानव अधिकार शिक्षा तथा परिवर्तन अभिमूखिकरण कार्यक्रममा बोल्दै उहाँले मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
एम्नेस्टी मानवअधिकारको प्रवद्र्धनको लागि विश्वव्यापी सञ्जाल हो । मावन अधिकारको रक्षा, प्रवद्र्धन र पैरवीका लागि यसले काम गर्दै आएको छ । मावनअधिकारको रक्षाको लागि स्थानीय सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै मानव अधिकारमैत्री नीति निर्माण र त्यसको कार्यान्वयनमा उहाँले जोड दिनुुभयो ।
एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारको क्षेत्रमा एम्नेस्टीले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै संस्थागत सुधार तथा सुशासनको विषयमा जानकारी गराउनु भएको थियो । संस्थाको रणनीतिक योजनाका बारेमा पनि उहाँले प्रकाश पार्नुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा एम्नेस्टीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले यो अभियानलाई अझै ससक्त बनाउन पनि सुझाव दिनुभयो ।
एम्नेस्टी नेपालका पूर्व अध्यक्ष राजन कुइकेलले एम्नेस्टी नेपालको मानव अधिकार आन्दोलनको जेठो संस्था रहेको बताउँदै संक्रणकालिन न्यायको सन्दर्भमा यसले अनवरत काम गरेको उल्लेख गर्नुभयो । उहाँले मानव अधिकारको रक्षा र पैरवीको लागि राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय दवाव सिर्जना गर्ने जानकारी गराउनु भयो ।
एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले मानवअधिकारको सवालमा विश्वव्यापी रुपमा भईरहेको परिवर्तनले मानव अधिकारमा पार्ने प्रभाव र एम्नेस्टीले खेल्ने भूमिकाका बारेमाले भनाई राख्नुभएको थियो ।
कार्यक्रममा एम्नेस्टी नेपालकी रणनीति तर्जुमा समितिकी संयोजक पार्वता आचार्य, एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगाँई, बोर्ड सदस्य देवेन्द्र सेजुवाल लगायतले मानव अधिकार र एम्नेस्टीले गर्ने कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
एक दिनको यो कार्यक्रममा लुम्बिनी, कर्णाली, सुदुरपश्चिम, गण्डकी र बागमती प्रदेशका समुह, युथ नेटवर्कका संयोजक तथा प्रतिनीधि गरी ६० जनाको सहभागिता रहेको छ ।