कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी २१ वर्षमा पक्राउ

86

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी २१ वर्षमा पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । रुपन्देहीको साविक विष्णुपुरा गाबिस वडा नं. ७ का खड्कबहादुर श्रेष्ठको हत्यामा संलग्न गैडहवा गाउँपालिका वडा नं. ५ सिंहवाका ५७ वर्षीय रामपती यादवलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भैरहवामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराउनु भयो ।
२०५८ साल साउन २१ गते दिउँसो हत्या श्रेष्ठको हत्या भएको थियो भने जिल्ला अदालत भैरहवाले २०७३ बैशाख ३० गते जन्म कैदको फैसला गरेको पनि प्रहरीले जनाएको छ ।