बुटवलका पुराना उद्योगी कृष्णप्रसादको निधन

5

बुटवलका पुराना उद्योगी कृष्णप्रसादको निधन

बुटवलका पुराना उद्योगी कृष्णप्रसाद श्रेष्ठ (मुन्चा)को निधन भएको छ । उहाँको उपचारको क्रममा बिहिबार काठमाण्डौमा निधन भएको हो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य अनिलप्रसाद श्रेष्ठका पिता कृष्णप्रसाद बुटवल उद्योग वाणिज्य संघको पूर्व कोषाध्यक्ष समेत हुनुहुन्थ्यो ।
२०४२ सालमा संघको कार्यसमिति सदस्य हुनुभएका उहाँले २०४८ देखि २०५९ सालसम्म ५ कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो ।