लुम्बिनीका पदाधिकारीद्वारा देवदहका पुरातात्विक क्षेत्रको अवलोकन

7

लुम्बिनीका पदाधिकारीद्वारा देवदहका पुरातात्विक क्षेत्रको अवलोकन

लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलिले बुद्ध मावली देवदहका पुरातात्विक स्थलहरुको अवलोकन गरेको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज (सिद्धिचरण) भट्टराईको नेतृत्वमा देवदहको भवानीपुर, कन्यामाई बडिमाई, र तिलोत्तमा ११ को पुरातात्विक कुमारवर्ती क्षेत्रको अवलोकन गरेको हो ।
अवलोकनका क्रममा कोषको चालु आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमको कार्यन्वयनका सन्दर्भमा देवदह क्षेत्रको पुरातात्विक क्षेत्रहरुको अवलोकन गरी जनप्रतिनिधी र स्थानीयसँग पृष्ठपोषण लिइएको कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
देवदह नगरपालिका वडा नं. ४ स्थित भवानीपुरमा वडाअध्यक्षहरु, वडा सचिव सहितको भेलालाई कोषको कार्यक्रमबारे कोषाध्यक्ष भटराईले जानकारी गराउनु भएको थियो । कोषले चालु आर्थिक वर्षमा भवानीपूरलाई मायाँदेवी पार्कको रुपमा अघि बढाउन देवदहका सबै ऐतिहासिक ठाउँमा जाने गरी बिकास गरिने कोषाध्यक्ष भट्टराईले बताउनु भयो ।
भवानीपुर देवदह संग्रालय सञ्चालन गर्ने, बैरीमाई कन्यामाईको संरक्षण पर्खालको कामलाई यसबर्ष पनि निरन्तरता दिएर अघि बढाउने, देवदह ९ खयरडाँडामा उत्खनन कार्य शुरु गर्ने कार्यक्रम रहेको जानकारी गराउँदै उहाँले स्थानीय तहबाट सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो ।
कोषाध्यक्ष भटराईले यसअघि तिलोत्तमा नगरपालिका ११ मा रहेको कुमारवर्ती मन्दिरको अवलोकन गर्दै उत्खननका लागि पहल गर्ने बताउनु भयो । भुपु सैनिक क्षेत्रमा बुद्धले कुलोपानी विवाद समाधान गरेको स्मारक सहितको सुन्दर पार्क निर्माण गरी रोहीणी नदीसंग लुम्बिनी आउने पर्यटकहरुलाई जोड्ने योजना रहेको उहाँले जानकारी गराउनु भयो ।
अवलोकनमा योजना प्रमुख सरोज भट्टराइले कोषले देवदह क्षेत्रमा गर्न खोजेका कार्यक्रमलाई कसरी सम्पन्न गर्ने भन्नेबारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरि पुरातत्विक पुरातत्व प्रमुख हिमाल उप्रेतीले पुरातात्विक क्षेत्रको महत्व र यसको उत्खननका सन्दर्भमा जानकारी गराउनु भएको थियो ।
अवलोकनका क्रममा तिलोत्तमा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष बिष्णु बराल, देवदह ४ र ९ का वडा अध्यक्षहरु दमन रेग्मी र मोहन जिसी तथा वडा सचिवहरुले देवदहका ऐतिहासिक क्षेत्रका बारेमा भनाई राख्नुभएको थियो ।