सहकारीलाई उत्पादनसंग जोड्न सुझाव

60

सहकारीलाई उत्पादनसंग जोड्न सुझाव

रुपन्देहीको तिलोत्तमा २ स्थित ससदुपयोग बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
शनिवार भएको अधिबेशनवाट संस्थाको अध्यक्षमा कमल अर्याल, उपाध्यक्षमा नारायणी शर्मा अधिकारी, सचिवमा प्रकाश चापागाई र कोषाध्यक्षमा ढकबहादुर टण्डन निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा मुकुन्दराज कँडेल, पुर्णप्रसाद अर्याल, समिता आचार्य भट्टराई, रमाकान्त अर्याल र प्रेम नेपाली निर्वाचित हुनु भएको छ ।
अधिबेशनले मिना रेश्मीको संयोजकत्वमा जमुना वस्नेत र मनोजकुमार नाउ सदस्य रहेको लेखा समिति चयन गरेको छ । यसअघि साधारण सभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नं. २ का अध्यक्ष डिलबहादुर भट्टराईले सहकारीलाई उत्पादन संग जोड्नुपर्ने वताउनु भयो । सहकारी संस्थामा धेरै जनाको निक्षेप संकलन हुने र शेयर सदस्यहरुले संस्थाबाट धेरै प्रतिफलको आशा गर्ने भएकाले संस्थाका संचालकहरु लगानी र अशुलीमा मात्र सिमित नभई सदस्यहरुलाई आत्म निर्भर र स्वरोजगार वनाउने खालका तालिम कार्यक्रम संचालन गर्नेतर्फ लाग्नुपर्ने उहाँले वताउनु भयो ।
सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर टण्डनले नयाँ शेयर सदस्य बृद्धि गर्ने, एक जना शेयर सदस्यले एक जना नयाँ सदस्य थप गर्ने, शेयर सदस्यका गरिव तथा जेहेन्दार छोराछोरी मध्ये प्रतिवर्ष एक जनालाई माध्यमिक तहको शिक्षा अध्ययनका लागि १० हजार सम्मको छात्रबृत्ति प्रदान गर्ने लगायतका प्रस्ताव प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा ३ का वडाध्यक्ष कल्याण पौडेल, पत्रकार खिमानन्द भट्टराई, सहकारीका संस्थापक अध्यक्ष ईश्वर शर्मा, शेयर सदस्य भिम पौडेल, महेन्द्र बस्नेत लगायतले वोल्दै सहकारी संस्थाका कार्यक्रमहरुलाई समयसापेक्ष परिमार्जन गर्दै शेयर सदस्यहरुलाई वढि भन्दा वढि प्रतिफल दिन सुझाव दिनु भएको थियो ।
सो अवसरमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने निवर्तमान कार्यसमितिका पदाधिकारी, उपसमितिका संयोजक, सदस्य तथा सल्लाहाकारहरुलाई सम्मान गरिएको थियो ।