सबै नागरिकले नागरिकता पाउनु पर्छ : शाही

43

सबै नागरिकले नागरिकता पाउनु पर्छ : शाही

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले सबै नेपाली नागरिकले नागरिकता पाउनु पर्ने बताउनु भएकाे छ । त्यसकाे लागि संसदले पास गरेकाे नागरिकता विधेयक प्रमाणित नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेकाे उहाँले आराेप लगाउनु भयाे ।
नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयाेजना गरेकाे शुभकामना आदान-प्रदान कार्यक्रममा बाेल्दै काँग्रेस नेतृ शाहीले राष्ट्रपतिकाे याे कदमले राष्ट्रपति संस्थाप्रति नै संशय पैदा भएकाे भनाई राख्नुभयाे ।
त्यस अवसरमा नेपाल प्रेस युनियन रुपन्देहीका सदस्य विजय पाेखरेल र फुलमाया सुनार युनियनकाे नवाैं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकामा सम्मान गरिएकाे थियाे । उहाहरुलाई काँग्रेस केन्द्रीय सलस्य शाहीले सम्मान पत्र सहित दाेसल्ला ओढाएर सम्मान गर्नुभएकाे हाे । त्यस्तै काँग्रेस केन्द्रीय सदस्यमा मनाेनित हुनुभएकी शाहीलाई पनि युनियन रुपन्देहीकी सभापति रेखा भुसालले दाेसल्ला ओढाएर सम्मान गर्नुभयाे ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति राममृष्ण खाँण, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल, रुनियन रुपन्देहीका उपसभापति तथा कार्यक्रम संयाेजक कविन्द्र नेपाल, सचिव कल्पना तिवारीले शुभकामना व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रमा पत्रकार सम्वद्ध संघ/संगठन, सामाजिक संघसंस्थाका प्रतिनीधिहरु, काँग्रेसका नेता कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।