रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेको तर्फबाट दुई जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । एमालेको तर्फबाट राष्ट्रिय सभाको प्रमुख सचेतकबाट राजीनामा दिएका खिमलाल भट्टराई र तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेले प्रतिनिधी सभाको लागि रुपन्देहीको क्षेत्र नं. ५ मा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
निर्वाचन आयोगको कार्यालयले दुवै जनालाई एमालेको तर्फबाट मनोनयन दर्ताको निस्सा दिएको छ । भट्टराईको दर्ता नं. १७ र घिमिरेको दर्ता नम्बर ११ छ ।
पार्टीबाट पाएको टिकटसहित घिमिरेले निर्वाचन कार्यालयमा पुगेर साढे ३ बजे उम्मेदवारी दर्ता गराउनु भएको हो भने एमालेबाटै अर्को टिकट लिएर खिमलाल भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराउनु भएको हो ।
एमालेले पहिले घिमिरेलाई टिकट दिएको थियो । उहाँलाई दिएको टिकट फिर्ता नगरी आईतबार बिहान मात्रै राष्ट्रिय सभाबाट राजीनामा गराएर भट्टर्राईलाई टिकट दिएको हो ।
राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भट्टराई ड्ढ वर्ष कार्यकाल छँदै राजीनामा दिएर उम्मेदवार बन्नु भएको हो ।