नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले काँग्रेस माओवादी केन्द्रका नेताकार्यकर्ता सहित निर्वाचन आयोगको कार्यालय देवदह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।
आफ्नो गृह क्षेत्र रुपन्देही १ बाट उम्मेदवार हुन चाहेका नेता भुसाललाई क्षेत्र नं. ३ बाट सिफारिस गरेको थियो । सो क्षेत्रमा पनि टिकट नपाएपछि उहाँले शनिबार मात्रै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो भने आईतबार बिहान पत्रकार सम्मेलन गरेर काँग्रेस माओवादी केन्द्रको समर्थनमा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउनु भएको थियो ।
भुसाल २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित हुनु भएको थियो ।
त्यस क्षेत्रमा एमालेले स्थायी कमिटि सदस्य छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।