नेपालमा पश्चिमबाट बाहिरियाे मनसुन : बाकी भूभागबाट बाहिरिन अझै केही दिन लाग्ने

1.3K

नेपालमा पश्चिमबाट बाहिरियाे मनसुन : बाकी भूभागबाट बाहिरिन अझै केही दिन लाग्ने

नेपालकाे पश्चिमी भूभागबाट याे वर्षकाे मनसुन बाहिरिएकाे छ । बाँकी भूभागबाट भने मनसुन बाहिरिन अझै केही दिन लाग्ने माैषम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
शनिबार महाशाखाले मनसुन बहिर्गमन सम्बन्धि विशेष बुलेटिन जारी गर्दै शनिबारबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भूभागबाट याे वर्षकाे मनसुन बाहिरिएको जानकारी गराएकाे हाे । महाशाखाका अनुसार नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना छ।
सामान्यतया सरदर अक्टोबर २ मा नेपालबाट बाहिरिने मनसुन याे वर्ष केही ढिला गरि बाहिरिन सुरु गरेकाे हाे ।
नेपालमा याे वर्ष जेठ २२ गते (जुन ५) पुर्वी भूभागबाट मनसुन भित्रिएकाे थियाे ।