काँग्रेसको घोषणापत्रमा थप साढे १२ लाख जनालाई रोजगारी

51

काँग्रेसको घोषणापत्रमा थप साढे १२ लाख जनालाई रोजगारी

नेपाली काँग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपाली काँग्रेसले शनिबार सार्वजनिक गरेकाे घोषणापत्रमा सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको हो ।
लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न ठूलै संरचनात्मक पहल चाहिने भन्दै काँग्रेसले आर्थिक क्षेत्रको विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनमा व्यापक सुधार गर्दै न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएकाे छ ।
नेपाल श्रमशक्ति सर्वेक्षणको आँकडाअनुसार नेपालका करिब ७० लाखभन्दा बढी जनसंख्या विभिन्न रोजगारी र स्वरोजगारमा आवद्ध छन् ।  त्यस्तै वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने गरेका छन् ।