रुपन्देहीमा पाँच दलीय सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति बिच चुनावी तालमेल

1.3K

रुपन्देहीमा पाँच दलीय सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति बिच चुनावी तालमेल

रुपन्देहीमा ५ दलीय सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टी बिच चुनावी तालमेल भएको छ । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार राजु गुरुङको उम्मेद्वारी खारेज भएपछि सो क्षेत्रमा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेवार केशवबहादुर थापा (सुर्यवंशी)लाई सघाउने सहमति भएको हो ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले क्षेत्र नं. २ अन्तरगतका प्रदेश सभा क र ख, क्षेत्र नं. १, ३, ४ र ५ का प्रतिनीधि सभा सदस्य तथा क्षेत्र नं. ३ पदेश सभा खमा पार्टीका उम्मेद्वारलाई निश्कृय बनाउने सहमति भएको पाँच ददीय सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले शनिबार आयोजना गरेको संयुक्त पत्रकारमा जानकारी गराईएको हो ।
सहमति अनुसार रुपन्देही क्षेत्र नं. २ को प्रतिनीधि सभामा सत्ता गठबन्धले राष्ट्रिय जनमुक्ति पार्टीलाई सघाउने छ भने बाँकी प्रतिनीधि र प्रदेश सभामा सत्ता गठबन्धनका उम्मेद्वारलाई राष्ट्रिय जनमुक्ति पार्टीले सघाउने छ ।
उक्त सहमति पत्रमा सत्ता गठबन्धनको तर्फबाट वार्ता समिति संयोजक नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनीका प्रदेश सचिव राजु गुरुङ, वार्ता समिति सदस्य नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, लोसपाका अजय बर्मा, नेसपाका कमल खनाल तथा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट वार्ता समिति संयोजक पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेमबहादुर थापाले हस्ताक्षर गर्नु भएको छ ।
पत्रकार सम्मेलनमा पाँच दलीय सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टी बिच भएको चुनावी सहमतिको बारेमा जानकारी गराउँदै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गुरुङले यो निर्वाचन प्रतिगमनका विरुद्ध अग्रगमनको लडाई भएको बताउनु भयो । उहाँले प्रतिगमनलाई पह्रास्त गर्नको लागि आफूहरु एक ढिक्का भएको भनाई राख्नुभयो ।
नेता गुरुङले पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेदवारी दिनु भएको थियो । उहाँको उम्मेद्वारीलाई निर्वाचन आयोगले खारेज गरिदिएपछि सर्बोच्च जानु भएको थियो । सर्बोच्चले पनि उहाँको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यमा सत्ता गठबन्धन उम्मेद्वार बिहिन बनेको थियो ।