नर्मदेश्वर शिवालय मन्दिरको अध्यक्षमा पाण्डे

243

नर्मदेश्वर शिवालय मन्दिरको अध्यक्षमा पाण्डे

तिलोत्तमा नगरपालिका वडा नं. १ मा रहेको नर्मदेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा भिमप्रसाद पाण्डेलाई चयन गरिएको छ । मन्दिर व्यवस्थापन समितिको शनिबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा पाण्डेलाई चयन गरेको हो ।
मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष भेषराज गैरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै १००८ स्वामी बिबेकान्न्द सरस्वती जी महाराजले धर्म संस्कृतिको संरक्षणमा सबै लाग्नु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन डिभिजन प्रमुख मुक्ति पौडेल, तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्शुराम गिरी, वडा नं. ५ का अध्यक्ष रमेश डुम्रे, स्थानीय तामनाथ पान्डेले भनाई राख्नुभएको थियो ।
साधारण सभाले अध्यक्ष तथा कोषाध्यक्ष कृष्ण खनालले प्रस्तुत गरेको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरेको सचिव भिम पाण्डेले बताउनु भयो ।