आज साँझ खग्रास चन्द्रग्रहण लाग्दै छ । वषौं पछिको यो खग्रास चन्द्रग्रहण नेपाल, भारत, जापान, चिन सहित एसिया, अष्ट्रेलिया, उत्तरी अमेरिका, दक्षिणी अमेरिका, अटलान्टिक, प्रशान्त महासागर, हिन्द महासागर सहित विश्वका अधिकांश स्थानबाट देखिने छ ।
नेपालमा नेपाली समयअनुसार साँझ चन्द्रोदयसंगै ५ बजेर ११ मिनेटमा सुरु भई ६ बजेर ३४ मिनेटमा अन्त्य हुने छ । १ घण्टा २३ मिनेट अवधिको यो गस्तोदित खग्रास चन्द्रग्रहणको अन्य देशमा समय भने फरक हुने छ ।
सास्त्रका अनुसार सुर्यग्रहणमा १२ घण्टा र चन्द्रग्रहणमा ९ घण्टा पहिले सुतक प्रारम्भ हुने छ । त्यस अनुसार बिहान ८ बजेर ११ मिनेटबाट सुतक सुरु भएको छ । यो समयमा वालबालिका, बृद्धबृद्धा, रोगी तथा सुत्केरी बाहेकलाई भोजन निषेध गरिएको छ । त्यसका साथै पकाउने, भुट्ने, बनाउने, काट्ने, औजारको प्रयोग, भूमि खनन्, महत्वपूर्ण बैठक तथा भेटघाट, शुभकार्यको प्रारम्भ, मलमुत्र त्याग गर्ने, कपाल कोर्ने, दाँत घोट्ने, देवताहरुको मुर्ती तथा तुलसीको बोट छुने लगायतका कार्य पूर्ण रुपमा निषेध गरिएको छ ।
ग्रहण फल
मेष : घात
बृष : खर्च
मिथुन : लाभ
कर्कट : सुख
सिंह : मानहानी
कन्या : कष्ट
तुला : स्त्री पिडा
बृश्चिक : सुखदायी
धनु : चिन्ता
मकर : व्यथा
कुम्भ : श्री प्राप्ती
मीन : क्षति