प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन खारेजीको माग सहित बुटवलमा प्रर्दशन गरिएको छ । आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन खारेजीको माग नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी पार्टीले संयुक्त रुपमा प्रर्दशन गरेका हुन् ।
निर्वाचन भण्डाफोर सभा आयोजना गरेका ति दलले त्यस अगाडि बुटवलको राजमार्ग चौराहाबाट प्रर्दशन सुरु गरेका हुन् । राजमाग चौराहाबाट सुरु भएको प्रर्दशन मिलनचोक, बसपार्क, अस्पताललाईन, ट्राफिकचोक हुँदै अमरपथको प्रहरी बिटमा पुगेर कोण सभाको तयारी गरिएको नेकपाका केन्द्रीय सदस्य शरद वलीले बताउनु भयो ।
यो निर्वाचनबाट देशले निकास पाउँदैन निर्वाचनका विरुद्ध जनमत जुटाउन निर्वाचन भण्डाफोर सभा आयोजना गरिएको सो पार्टीले जनाएको छ । भण्डाफोर सभामा नेकपाका प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने जनपत्रकार संगठनका पूर्व अध्यक्ष प्रकाश डुम्रेले जानकारी गराउनु भयो ।