सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा घोषणा गरेको छ । ४ गते हुन गईरहेको प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मंसिरको ४ र ५ गतेलाई सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
निर्वाचनमा मतदानस्थल रहेका शिक्षण संस्थालाई भने मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा दिईएको छ । गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणी पोखरेलले मंगलबार जारी गरेको सूचनामा मतदानस्थल रहेका विद्यालय तथा शिक्षण संस्थाहरुमा निर्वाचन तयारीको लागि २ गते देखि नै सार्वजनिक विदान दिने निर्णय भएको उल्लेख गरिएको छ ।
