पाल्पा २ मा पूर्वसहकर्मीको प्रतिस्पर्धा : पाण्डेलाई गठबन्धनको भर, गैरेलाई आफ्नैको डर

117

पाल्पा २ मा पूर्वसहकर्मीको प्रतिस्पर्धा : पाण्डेलाई गठबन्धनको भर, गैरेलाई आफ्नैको डर

पाल्पा क्षेत्र नं. २ मा पूर्वसहकर्मीहरुको प्रतिपर्धा रोचेक देखिएको छ । पाल्पा जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेलाई उम्मेद्वार बनाएको छ भने विपक्षी एमालेले केन्द्रीय सदस्य ठाकुर गैरेलाई उम्मेद्वार बनाएको छ ।
पाण्डे यस अगाडि एमालेबाट निर्वाचित हुनु भएको थियो । पार्टी अध्यक्ष केपी ओलीले विघटन गरेको संसद पुनस्थापना पछि एमाले विभाजन हुँदा उहाँले एकीकृत समाजवादी रोज्नु भएको थियो । अहिले प्रतिस्पर्धामा रहेका दुबै जनाको पृष्ठभूमि एमाले हो । आफैले पार्टी राजनीतिमा अगाडि बढाएका गैरेसंग अहिले पाण्डेको मुख्य प्रतिस्पर्धा छ ।
एकीकृत समाजवादीका पाण्डेलाई सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको साथ छ । त्यस्तै गैरेलाई भने अहिले पहिले जस्तो सग्लो एमाले साथमा छैन । भएको एमाले भित्रैका कतिपय नेता कार्यकर्ताले पाण्डेलाई साथ दिएका छन् । एमाले पाल्पाका एक नेताका अनुसार गैरेलाई आफ्नै भित्रको डर छ । राजनीतिका चतुर खेलाडी पाण्डेका सामु आफ्नै पार्टीको व्याकराउण्ड भने कमजोर छ । तर सत्ता साझेदार दलहरु पाण्डेको पक्षमा खेलेर लागेका छन् ।
पछिल्लो समय नेपाली राजनीतिमा ‘नो नट अगेन’ को नारा घन्कीएको छ । संसदीय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका गैरेलाई यो नाराले सपोर्ट गर्छ ।