६१ प्रतिशत मत खस्याे : १५ स्थानमा स्थगित

89

६१ प्रतिशत मत खस्याे : १५ स्थानमा स्थगित

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेकाे छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको हाे । सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा छ ।
आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको छ ।
सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा र बाजुराका १२ मतदान स्थलमा मतदान स्थगित भएका छन्। निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएकाे छ ।