प्रतिनिधि सभामा समानुपातिक तर्फ मतगणनाकाे प्रारम्भिक मतपरिणाममा नेकपा एमाले अगाडि देखिएकाे छ ।
एमालेले ६७ हजार ८४४ मत प्राप्त गरेर पहिलाे स्थानमा आउदा नेपाली काँग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।
बिहान १०:३० बजेसम्म देशभरबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ६३५ मतसहित तेस्रो स्थानमा र नेकपा माओवादी केन्द्र २६ हजार ६३३ मतसहित चौथो स्थानमा रहेको निर्वाचन आयाेगले जनाएकाे छ ।