रुपन्देही ३ मा पुन: गृहमन्त्री खाँणकाे अग्रता

729

रुपन्देही ३ मा पुन: गृहमन्त्री खाँणकाे अग्रता

रुपन्देही क्षेत्र नं ३ मा पुन: गृहमन्त्री बालकृष्ण खाणले अग्रता लिनु भएकाे छ ।
निर्वाचन कार्यालयले दिएकाे पछिल्लाे विवरण अनुसार खाँण ९५७ मतले अग्रता लिनु भएकाे हाे । १६ हजार २३५ मत गणना हुदा खाँणले ६ हजार ११० मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै राप्रपाका दीपक बाेहाेराले ५ हजार ९५७ मत प्राप्त गर्नु भएकाे छ ।
यस अगाडि खाँणलाई उछिन्दै बाेहाेराले अग्रता लिनु भएकाे थियाे । सत्ता गठबन्धनकाे साझा उम्मेद्वार काँग्रेस केन्द्रीय सदस्य खाँणलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा, राष्ट्रिय जनमुक्ति र लाेसपा समेतकाे साथ छ भने राप्रपाका बाेहाेरालाई एमालेले साथ दिएकाे छ ।