प्रधानमन्त्री देउवा डडेलधुराबाट लगातार साताैं पटक निर्वाचित

47

प्रधानमन्त्री देउवा डडेलधुराबाट लगातार साताैं पटक निर्वाचित

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित हुनु भएकाे छ । उहाकाे याे जित लगातार साताैं हाे ।
देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित हुनु भएकाे हाे । उहाका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाउनु भएकाे छ भने एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्लले ७ हजार ५३५ मत पाउनु भएकाे छ ।
याे सहित अहिले सम्म काँग्रेसले १२ स्थानमा जीत निकालेकाे छ । काँग्रेस उम्मेद्वारहरु काठमाडौं ४ मा गगन थापा, काठमाडौं ५ मा प्रदिप पाैडेल, काठमाडौं १ मा प्रकाशमान सिंह, काठमाण्डाैं ३ मा सन्ताेष चालिसे, काठमाण्डाैं १० मा राजेन्द्रकुमार केसी, मुस्ताङ १ मा याेगेश गाैचन थकाली, रसुवा १ माेहन आचार्य, मनाङ १ मा टेकबहादुर गुरुङ, ललितपुर १ मा उदय सम्शेर जवरा, तनहु २ मा शंकर भण्डारी र पर्सा ४ मा रमेश रिजाल विजयी हुनु भएकाे छ ।
त्यस्तै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले तीन तीन स्थानमा जित निकालेका छन् । एमालेबाट काठमाडौं ९ मा कृष्णगाेपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी र ललितपुर २ मा प्रेमबहादुर महर्जनले जित निकाल्नु भएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डाैंका तीनवटा निर्वाचन क्षत्रमा जित निकालेकाे हाे । साे पार्टीका उम्मेदवारहरु गणेश पराजुली काठमाण्डाैं ७, विराजभक्त श्रेष्ठ काठमाण्डाैं ८ र काठमाण्डाैं २ बाट साेविता गाैतम निर्वाचित हुनु भएकाे छ ।
नेकपा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक एक स्थानमा जित निकालेका छन् । नेकपा एकीकृत समाजवादी अछाम १ बाट शेरबहादुर कुवँर, राप्रपा बाके २ बाट धवल सम्शेर जवरा र नागरिक उन्मुक्ति पार्टी कैलाली ३ बाट गंगाराम चाैधरी निर्वाचित हुनु भएकाे हाे ।
त्यसैगरी अहिले काँग्रेसले ४३, एमालेले ४१, माओवादी केन्द्र १७, राष्ट्रिय स्वतन्त्र पार्टी ५, एकीकृत समाजवादी ६, राप्रपा ४, जसपा ५ तथा लाेसपा र नागरिक उन्मुक्ति पार्टीले ३/३ स्थानमा अग्रता दिएका छन् ।