रुपन्देही २ मा पुनः मतदानको माग

1.3K

रुपन्देही २ मा पुनः मतदानको माग

रुपन्देहीको क्षेत्र नं. २ मा मतगणनाका क्रममा त्रुटि भेटिएपछि पुनः मतदानको माग गरिएको छ । मत गणनाको क्रममा मुचुल्कामा रहेको भन्दा बढी मतपत्र भेटिएपछि सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनीधिहरुले पुनः मतदातको माग गरेका हुन् ।
जसका कारण गए रातीदेखि मतगणना रोकिएको छ । मतपेटिकामा मुचुल्कामा भन्दा ३४ थान मत पत्र बढी भेटिएको र ४÷५ वटा मतपत्र एकैठाउँमा फोल्ड भएको भेटिएको नेपाली काँग्रेस बुटवल नगर समितिका सचिव छायाँ पोखरेलले बताउनु भयो । एमाले र नेपाल मजदुर किसान पार्टी इतरका दलका प्रतिनिधिहरुले मतगणना अगाडि बढ्न रोकेका हुन् ।
सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । मतदान अधिकृत उदविर नेपाली दलको मागलाई वेवास्ता गरेको भन्दै ती दुई दल बाहेका दलका प्रतिनीधिहरु अहिले मतगणना स्थलबाट बाहिरिएको काँग्रेस नगर सचिव पोखरेलले बताउनु भयो ।
तर मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको निर्वाचन अधिकृत नेपालीले बताउनु भएको छ । अव करिव ६ हजार मत गन्न बाँकी छ ।
लुम्बिनी वाणिज्य क्याम्पस ‘ड’ बुथमा ३८८ जना महिला र पुरुष २४१ गरी ६२९ मत खसेको मुचुल्कामा उल्लेख भएको तर उक्त तथ्यांकलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा महिलाको संख्या फरक पर्न उहाँले बताउनु भयो ।
मतगणना अवरुद्ध हुनुअघि एमालेका उम्मेदवार विष्णु पौडेलको एक हजार बढी मतले अग्रता छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र तेस्रो स्थानमा सत्ता गठबन्धन समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा हुनु हुन्छ