बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले आफू सफल मेयर बन्न चाहेकाे बताउनु भएकाे छ । बुटवलकाे पहिचान जाेगाउन र यहाँकाे विकासका लागि सबैसँग मिलेर काम गर्ने उहाँले बताउनु भयाे ।
बुटवल जेसीजकाे ४९ ओैं शाखा अधिवेशजकाे उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले आफूलाई सहयाेग गर्न पनि आग्रह गर्नुभयाे । ‘म बुटवलकाे मेयर भइसके, अब मलाई मेयर बन्न छैन ।’ उहाँले भन्नुभयाे-‘अब बुटवलकाे विकास र सुव्यवस्था कायम गरेर सफल मेयर बन्न चाहन्छु, यसमा तपाईहरुकाे पनि साथ र सहयाेग चाहिन्छ ।’
उहाँले सबैका सुझाव स्वीकार्य रहेकाे बताउदै यहाँकाे विकासकाे लागि सबैकाे सहयाेग आवश्यक रहेकाे बताउनु भयाे । उहाँले आफू पनि जेसीज परिवारकाे सदस्य भएकाे अनुभूति गरेकाे बताउँदै जेसीजका सदस्यहरुलाई पनि आफै मेयर भएकाे अनुभूति गर्न आग्रह गर्नु भयाे । बुटवलकाे विकासकाे लागि जेसीजसंग हातेमालाे गर्न तयार रहेकाे बताउदै जेसीजले के गर्न चाहन्छ र सक्छ प्रस्ताव ल्याउन आग्रह गर्नु भयाे ।
डिसेम्बर २०२३ मा जेसीजकाे ५० ओैं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय भएकाे छ । याे महाधिवेशनलाई सफल बनाउनकाे लागि नगरपालिकाकाे ठूलाे सहयाेग आवश्यक रहेकाे बताउदै बुटवल जेसीजका अध्यक्ष चन्द्रमणी भुसालले सहयाेग गर्न आग्रह गर्नुभयाे । याे महाधिवेशनसंग बुटवलकाे पनि गरिमा जाेडिएकाे बताउदै बुटवलकाे गरिमा अझै माथी उठाउन महत्वपूर्ण याेगदान हुने उहाँले विश्वास व्यक्त गर्नु भयाे ।
उक्त महाधिवेशनकाे लागि बुटवल जेसीजले पुर्व अध्यक्ष जगतबहादुर पाेखरेललाई कन्भेन्शन डाइरेक्टर चयन गरिसकेकाे छ ।
अधिवेशनकाे उद्घाटन कार्यक्रममा बुटवल जेसीज, नेपाल जेसीजका पूर्व अध्यक्ष तथा जेसीआई इन्टरनेशनलका पूर्व उपाध्यक्ष अनुपमान सैंजू, नेपाल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पाेखरेल, बुटवल महिला जेसीसकी अध्यक्ष अनुपमा श्रेष्ठ, बुटवल जेसीजका पूर्व अध्यक्ष बाेर्ड अफ टष्ट्रिजका अध्यक्ष विन्ध्याकेशर जाेशी, निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त गाेपाल चापागाई लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
त्यस अवसरमा महासचिव माेहन न्याैपानेले वर्षभरी गरेका कामका विवरण सहित प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन र काेषाध्यक्ष केशव श्रीसले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन पारित भएकाे अध्यक्ष चन्द्रमणी भुसालले जानकारी दिनुभयाे ।