निवर्तमान अध्यक्ष बस्यालको निधनमा शोक सभा : परिवारलाई किरिया खर्च

1.3K

निवर्तमान अध्यक्ष बस्यालको निधनमा शोक सभा : परिवारलाई किरिया खर्च

संस्थाका निवर्तमान अध्यक्ष शुक्रप्रसाद बस्यालको निधनमा शोक व्यक्त गर्दै एकता वचत तथा ऋण सहकारी सस्थाले स्वर्गीय बस्यालको परिवारलाई किरिया खर्च वापतको रकम प्रदान गरेको छ ।
बुटवलमा सञ्चालित एकता वचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरु निवर्तमान अध्यक्ष स्वर्गीय बस्यालको निवासमा पुगेर श्रद्धाञ्जली शभा गर्नुको साथै उहाँका परिवारलाई किरिया खर्च वापत २० हजार रुपैंया प्रदान गरिएको संस्थाका सचिव विष्णु पौडेलले जानकारी गराउनु भयो ।
एकता सहकारीले संस्थाका शेयर सदस्यको निधनमा परिवारलाई किरिया खर्च वापत २० हजार रुपैंया प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुसार कार्यान्वयन हुँदै आएको सचिव पौडेलले बताउनु भयो ।
शोक व्यक्त गर्दै संस्थाका कार्यवाहक अध्यक्ष लोकहरी पाण्डेले जन्मपछि मृत्यु निश्चित भएपनि असामयिक निधनले पिडा बोध गराउने बताउँदै त्यसलाई स्वीकार गर्नुको विकल्प नभएको भनाई राख्नु भयो । उहाँले स्वर्गीय बस्यालले सहकारीमा रहेर संस्थाको श्रीबृद्धिमा उल्लेखनीय योगदान पुर्याएको बताउँदै संस्थामा विर्सिन नसकिने अमिट छाप छोडेर गएको भनाई राख्नुभयो ।
बुटवलका व्यवसायी समेत रहेको समाजसेवी बस्यालको यहि मंसिरको ७ गते बुधबारका दिन ५७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।