सरकारकाे नेतृत्व लिन पहल गर्छाैं : एमाले उपाध्यक्ष पाैडेल

52

सरकारकाे नेतृत्व लिन पहल गर्छाैं : एमाले उपाध्यक्ष पाैडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अब सरकार गठनकाे लागि एमालेले पहल गर्ने बताउनु भएकाे छ । निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्य भएकाे बताउँदै उहाले बहुमत नभएपनि सरकारकाे नेतृत्व लिन एमालेले पहल गर्ने बताउनु भयाे ।
प्रेस चाैतारी नेपाल रुपन्देहीले साेमबार विहान बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उहाँले कुनै न कुनै दलको बहुमत आएकाे भए देश एउटा ट्रयाकमा अगाडि बढ्थ्याे भन्नु भयाे ।
उहाँले नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास नपाउने बताउँदै त्यसकाे लागि पनि सरकारकाे नेतृत्व लिन एमाले तयार रहेकाे भनाई राख्नु भयाे ।
रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दावी गर्नुभयाे । ‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसावले एमालेले वहुमत पाउनुपर्ने हो तर पाएन ।’ उहाँले भन्नुभयाे-‘सकेसम्म नेतृत्व प्रदान गर्ने गरी पहलकदमी लिन्छाैं, एमाले प्यासिभ भएर बस्दैन सशक्त भूमिका खेल्छ ।’