सत्ता गठबन्धनद्वारा मतदातालाई धन्यवाद

1.3K

सत्ता गठबन्धनद्वारा मतदातालाई धन्यवाद

सत्ता गठबन्धनमा आवद्ध दलहरुले मतलातालाई धन्यवाद दिएका छन् । रुपन्देही क्षेत्र नं. २ काे निर्वाचनमा सहभागी भएका मतदातालाई धन्यवाद दिनुका साथै निर्वाचित उम्मेद्वारहरूलाई बधाई दिएका छन् ।
सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले मतदातालाई धन्यवाद दिदै भनेका छन्-‘लाेकतन्त्रकाे विकल्प लाेकतन्त्र नै हाे, लाेकतन्त्रकाे सुन्दर पक्ष आवधिक निर्वाचन, नयाँ जनप्रतिनीधिमार्फत लाेकतन्त्र, संविधानकाे रक्षा र स्थायित्वका निम्ति विजयी साथीहरु सबैलाई सफलताकाे मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।
रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य पदमा एमाले उपाध्यक्ष विष्णु पाैडेल तथा प्रदेश सभा सदस्य पदमा २(क) बाट एमाले केन्द्रीय सदस्य लिला गिरी र २(ख) बाट एमाले प्रदेश उपाध्यक्ष भाेजप्रसाद श्रेष्ठ विजयी हुनुभएकाे छ ।