बुटवलमा औद्योगिक प्रदर्शनी हुँदै

190

बुटवलमा औद्योगिक प्रदर्शनी हुँदै

आगामी पसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग संघ बुटवल, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको ७ गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो ।
‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने नारा सहित गर्न लागिएको यो १५ औं संस्करणको औद्योगिक प्रदर्शनी भएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा प्रदर्शनी आयोजक मुल समितिका संयोजक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । बुटवल मण्डपमा आयोजना गरिने प्रदर्शनीको तयारीका कामहरु तिब्र रुपमा अगाडि बढाईएको पनि उहाँले जानकारी गराउनु भयो ।
प्रदर्शनी तयारी अन्तरगत प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिसकिएको छ । र पूर्वाधार निर्माण तथा स्टल दर्ता प्रकृयाको कामहरु भईरहेको सदस्य सचिव हरिबहादुर खत्रीले बताउनु भयो । संघका कार्यकारी अधिकृत यादव भण्डारीका अनुसार प्रदर्शनी सम्पन्न गर्नको लागि विभिन्न ३१ वटा विषयगत समिति गठन गरिएको छ भने हालसम्म सयभन्दा बढी स्टल दर्ता भईसकेका छन् ।
मुल समितिका सहसंयोजक दिलिप सापकोटाको संयोजकत्वमा गठित स्टल दर्ता उपसमितिका सहसंयोजक महेश थैवका अनुसार नयाँ व्यवस्थापनका साथ आयोजना हुन लागेको प्रदर्शनीमा समावेश गरिने उद्योग प्रतिष्ठानका उत्पादनहरु पनि उत्कृष्ट हुने छन् । यो प्रदर्शनीमा नयाँ उत्पादन र प्रविधिको प्रदर्शनीलाई विशेष प्राथमिकता दिईने छ । प्रदर्शनीमा करिव ४ सय स्टल राखिने र प्रकृति अनुसार छुट्टाछुट्टै पेभिलियनको व्यवस्था मिलाईने उहाँले बताउनु भयो ।
स्वदेशी उद्योगको संरक्षण गर्नु पर्ने सन्देश आम रुपमा फैलाउनु पर्ने दायित्वसंगै उद्योगीले आफ्ना उत्पादनको उचित मूल्य र गुणस्तरीय उत्पादन उपभोक्तामाझ पु¥याउन एक साझा थलोका रुपमा विकास गरिएको प्रदर्शनीमा कुनै प्रकारको कमी हुन नदिने गरी तयारीका कामहरु अगाडि बढाईएको मूल समितिका संयोजक पौडेलले बताउनु भयो ।