रुपन्देहीमा जव फेयर २०२२ हुन लागेको छ । ग्रोथ सेल्स प्रा.लि.ले यहि मंसिर २३ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ स्थित होटल दरवार लनमा ‘ग्रोथ जव फेयर–२०२२’ गर्न लागेको हो । एक दिने उक्त जव फेयरमा प्रतिष्ठित २५ भन्दा बढि कम्पनीहरुको सहभागिता रहने ग्रोथ सेल्स प्रा.लि.की कार्यकारी निर्देशक सम्झना शर्माले जानकारी गराउनु भयो ।
जागिरको खोजीमा रहेका सम्पुर्ण जबसिकर्सहरुलाई यस जब फेयरमा निःशुल्क रुपमा सहभागी हुन अनुरोध गरिएको छ । कार्यक्रमलाई व्यवस्थापन गर्नको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, नेपाल घरेलु तथा साना उघोग महासंघ लुम्बिनी प्रदेश, युथ काउन्सिल इन एक्सन फर नेशन, मानव कल्यान मित्र मंच नेपाल, रुपन्देही लगायतले भुमिका खेलेका छन् ।
फेयरमा स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बिए, बिबिए, बिएससी, कम्प्युटिङ तथा स्नातोकोत्तर तहको एमएस्सी आईटी, एमबीए तहका विद्यार्थीहरु सहभागी हुन पाउँने छन् । त्यसबाहेक विभिन्न प्रकारका सीप सिकेका तथा सिपमुलक तालिम लिएकाहरुलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको चक्र खड्काले बताउनु भयो । त्यस्तै स्नातकोत्तर अध्ययनरत तथा अध्ययन पुरा गरेका पदि सहभागि हुन पाउने छन् ।
यो जव फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय तथा स्थानीय कम्पनीहरुको उपस्थिति रहने बताइएको छ । कम्पनीका प्रतिनिधिहरुले हाल जागिरको खोजीमा रहेकाहरुलाई क्षमताको आधारमा कामको अवसर प्रदान गर्नेछन् ।