धौलागिरी सहकारीको अध्यक्षमा पुनः खनाल

1.3K

धौलागिरी सहकारीको अध्यक्षमा पुनः खनाल

धौलागिरी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बुटवलको अध्यक्षमा पुनः गोविन्द खनाल निर्वाचित हुनु भएको छ । संस्थाको शनिबार सम्पन्न ११ औं अधिवेशनबाट पुनः खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
१३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा देव खनाल, सदस्यहरुमा ऋषिराम भट्टराई, गुरुप्रसाद पराजुली, राजेन्द्र न्यौपाने, ठाकुर घिमिरे, राजकुमार वाग्ले, रमादेवी पाण्डे, मञ्जु भण्डारी, मनकुमारी शाही, कृष्णप्रसाद पाण्डे, डिबि बस्याल र शान्ती सिंह मल्ल निर्वाचन भएको निर्वाचन अधिकृत फणिन्द्र शर्माले जानकारी गराउनु भयो । सचिव र कोषाध्यक्ष पदमा भने निर्वाचित सदस्यबाट मनोनित गर्ने व्यवस्था छ ।
त्यसैगरि लेखा समिति संयोजकमा मनोज आचार्य, सदस्यमा यमलाल भुसाल र विमला पन्थी निर्वाचित हुनु भएको छ । त्यसैगरी शिक्षा समितिको संयोजकमा मनकुमारी शाही, सदस्यमा शान्ता ज्ञवाली र गोकुल खनाल, ऋण समितिको संयोजकमा राजेन्द्र न्यौपाने, सदस्यहरुमा सुरेन्द्र चौधरी र अर्पणा श्रेष्ठ मनोनित हुनु भएको छ ।