दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक

148

दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक

बुटवल उपमहानगरपालिकाले दर्ता नभएका ई–रिक्सालाई सञ्चालनमा रोक लगाउँदै थप १८४ ई–रिक्सा दताको लागि आह्वान गर्ने निर्णय गरेको छ ।
बुटवलमा १ हजार ४४० वटा ई–रिक्सा सञ्चालन गर्ने निर्णय भए अनुसार यस अगाडि १ हजार २५६ वटा ई–रिक्सा दर्ता भएको र बाँकी १८४ वटा रिक्सा दताएको लागि आह्वान गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराउनु भयो ।
आईतबार बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरु संग बैठक भएको थियो । उक्त बैठकले बुटवलमा बसोबास गरिरहेका आफ्नै नाममा ई–रिक्सा भएका, सवारी चालक अनुमति पत्र भएका र बीमा गरेका विपन्न र स्वरोजगार भएका रिक्सा दर्ता गर्ने निर्णय गरेको हो ।