गाईको गोवरबाट पुजा गर्ने ‘धुप’

1.3K

गाईको गोवरबाट पुजा गर्ने ‘धुप’

गाईको गोवरमा अक्सिजन हुन्छ । यसको प्रयोग गरेर धुप बनाउने हो भने शास्त्रीय रुपमा पनि शुद्ध हुने र मानिसको स्वास्थ्यको हिसावले पनि राम्रो हुने देखिएपछि धार्मिक क्षेत्रका युवा उद्यमीहरुले गाईको गोवरबाट धुप उत्पादन गर्ने उद्योग सञ्चालन गरेका छन् ।
धार्मिक क्षेत्रका ती युवाहरुले गाईको गोवर, धुपी, फूल, वेलपत्रको धुलो, मह कपुरको मिश्रणबाट गौधुप उत्पादन गर्दछन् । पण्डितहरु जनक लम्साल, विष्णु पौडेल र रामकृष्ण चापागाईको २० लाख रुपैंया बढी लगानीमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ रानीवगीयामा ‘भगवती गौधुप एवं पुजा सामाग्रि उद्योग’ सञ्चालन गरिएको छ ।
जुन उद्योगमा विभिन्न १० प्रकारका गौधुप सहित पवित्र गंगाजल, गौमुत्र, पवित्र बाटेको कुश, काँचो धोगोको कातेको बत्ति, माटाको पाला तथा गाईको गोवरबाट पाला (दियो) उत्पादन हुने गरेको पण्डित जनक लम्सालले बताउनु भयो । ‘गाईको गोवरमा अक्सिजन हुन्छ, यसबाट उत्पादन गरिएको धुपले बायुलाई शुद्ध बनाउँछ भने मानिसको स्वास्थ्यमा पनि नकारात्मक असर गर्दैन ।’ उहाँले भन्नुभयो–‘यसले सकारात्मक उर्जा उत्सर्जन गर्दछ, जसले गर्दा मानिसको चिन्तनलाई पनि सकारात्मक बनाउँछ ।’ यही कुरालाई मध्येनजर गरेर गाईको गोवरबाट धुप उत्पादन गर्ने सोँच बनाएको उहाँले बताउनु भयो । आफूहरुले सञ्चालन गरेको उद्योगबाट उत्पादित गौधुप मानिसको स्वास्थ्य, वातावरण अनुकुल र शास्त्रीय विधि अनुसार भएकाले बजार माग पनि राम्रो रहेको उहाँले बताउनु भयो ।