निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणाम सहितको प्रतिवेदन

64

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणाम सहितको प्रतिवेदन

निर्वाचन आयोगले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक तर्फको परिणाम सहितको प्रतिवेदन बुझाएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिम नतिजा प्रकाशन भएको ७ दिन भित्र प्रतिवेदन बुझाउनु पर्ने संवैधानिक र कानुनी व्यवस्था अनुसार सातै प्रदेशमा प्रदेश प्रमुख समक्ष निर्वाचन प्रतिवेदन बुझाईएको निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो ।
शनिबार आयोजना गरिएको एक कार्यक्रमका बिच प्रदेद प्रमखको कार्यकक्षमा आयुक्त भण्डारीले प्रदेश प्रमुख शेरचनलाई निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाउनु भएको हो । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा ५२ निर्वाचन क्षेत्र छ । त्यस्तै प्रत्यक्ष र समानुपातिकबाट समेत गरी ५४ जना पुरुष र ३३ जना महिला निर्वाचित भएका छन् ।
त्यस अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचनले सम्पन्न निर्वाचन विगतका निर्वाचन भन्दा धेरै राम्रो भएको आफूले महसुस गरेको बताउनु भयो । उहाँले निर्वाचन प्रतिवेदन प्राप्त भएसंगै प्रकृया अगाडि बढाउन बाटो खुलेको र मुलुकको संवैधानिक र कानुनी व्यवस्था अनुसार प्रदेश सभाको प्रमुख अंग सभामुख र उपसभामुख तथा सरकार गठनको काम अगाडि बढ्ने जानकारी गराउनु भयो ।