नेपाली काँग्रेस सभापति देउवालाई उपसभापति गुरुङको आग्रह – मार्गप्रसस्त गर्नुहोस्

1.3K

नेपाली काँग्रेस सभापति देउवालाई उपसभापति गुरुङको आग्रह – मार्गप्रसस्त गर्नुहोस्

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भईरहेको बताउनु भएको छ । उहाले दलको नेताको लागि नेताहरुको प्रतिस्पर्धा भईरहे पनि कसलाई बनाउने भन्ने विषयमा अझै टंगो लाईनसकेको बताउनु भयो ।
पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न र नयाँ पुस्तालाई मार्ग प्रसस्न गर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीको दावी गरिरहेका नेताहरुलाई आफ्नो सम्पत्ती छानविन गर्न तयार हुन पनि उहाँले आग्रह गर्नु भयो ।
नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) को चौंथो राष्ट्रिय महाधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका उपसभापति गुरुङले संसदीय दलको नेताको लागि व्यक्ति भन्दा पनि एजेण्डालाई प्राथमिमता दिनु पर्ने भनाई राख्नुभयो । ‘प्रधानमन्त्री दावी गर्न जति सजिलो छ, प्रधानमन्त्री बनेर काम गर्न त्यति सजिलो छैन ।’ उहाँले भन्नुभयो–‘एजेण्डा बोकेपछि गन्तव्यमा अवश्य पुगिन्छ ।’
मुलुकमा भ्रष्टाचार व्याप्त भएको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्री भए भ्रष्टाचारीको ढाड सेक्ने बताउनु भयो । तर अहिले आफू त्यो रेसमा नरहेको पनि प्रष्ट पार्नुभयो । सुदृण र गतिशिल काँग्रेस आवश्यक रहेको बताउँदै नयाँ पार्टीलाई गालि गरेर छुन नपाईने भनाई पनि राख्नुभयो ।
काउनको राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्य, पूर्व अध्यक्ष खिलानाथ दाहाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
भोली आईतबार सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । ६३ जिल्लामा संगठन रहेको काउनको यो महाधिवेशनमा प्रतिनिधि पर्यावेक्षेक गरी ३५० बढी सहभागी रहेको काउनका केन्द्रीय अध्यक्ष जवि गुरुङले जानकारी गराउनु भयो । उहाँले अहिले समग्र श्रम आन्दोलन जटिल अवस्थामा रहेको बताउँदै समान काम समान ज्याला लगायतका मुद्धा पेचिलो बन्दै गएको बताउँदै कार्यान्वयनमा जोड दिनुभयो ।