रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको आगामी अध्यक्षमा निरज श्रेष्ठ चयन

111

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको आगामी अध्यक्षमा निरज श्रेष्ठ चयन

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा वर्ष २०२३/२४ को प्रेसिडेनट (अध्यक्ष)मा निरज श्रेष्ठलाई चयन गरिएको छ । बुधबार साँझ बसेको क्लवको बोर्ड बैठकले आगामी वर्षको लागि बोर्ड फर्मेसन गर्दै अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।
क्लवका अध्यक्ष विष्णुप्रसाद भणडरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले आगामी वर्षको लागि आईपिपिमा विष्णुप्रसाद भण्डारी, प्रेसिडेन्ट ईलेक्टमा दीपक भट्टराई, प्रेसिडेन्ट नोमिनीमा निरञ्जन पोखरेल, भाईस प्रेसिडेन्ट फष्टमा देवीराम पाण्डे, भाईस प्रसिडेन्ट सेकेन्डमा देवीलाल भट्टराई, सचिवमा शंकर पाण्डे, सहसचिवमा दिपक बास्तोला, कोषाध्यक्षमा टिकाराम पाण्डे, सहकोषाध्यक्षमा सरोज पन्तलाई चयन गरिएको छ ।
त्यस्तै एड्मिष्ट्रेसन चियरमा केशवबहादुर कुवँर, मेम्बरशिप चियरमा राज चौधरी, सर्भिस पोर्जेक्ट चियरमा अर्जुन आचार्य, पब्लिक रिलेसन चियरमा किशोरकुमार विक, रोटरी फाउण्डेसन चियरमा कुलचन्द्र भट्टराईलाई चयन गरिएको सचिव शंकर पाण्डेले जानकारी गराउनु भयो । युथ सर्भिस कमिटि चियरमा दुर्गा न्यौपाने, ईडिटरमा रमेशमणी सुवेदी, सर्जेन्ट आम्समा पूर्व अध्यक्ष विष्णुप्रसाद चापागाई, प्रेसिडेन्ट काउन्सिल चियरमा ओमप्रसाद अर्याल, राईजिङ चियरमा भगवती घिमिरेलाई चयन गरिएको छ ।
त्यस्तै पूर्व अध्यक्षहरु बालकृष्ण अर्याल, खिमानन्द भुसाल, नविन श्रेष्ठ, रमेश खनाल, ओमप्रसाद अर्याल, कृष्णप्रसाद शर्मा र गोपालप्रसाद ज्ञवालीलाई सल्लाहकार चयन गरिएको छ ।
क्लवको पाँचौं बोर्ड बैठक रुपन्देहीको तिलोत्तमा नगरपालिका पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रममा बसेको थियो । उक्त बोर्ड वैठकमा क्लवले मानव सेवा आश्रममा आश्रीतलाई एक छाक खाना खुवाएको छ । क्लवका सचिव शंकर पाण्डेले आफ्नो वुवाको बार्षिकीको सन्दर्भ पारेर उक्त बोर्ड बैठक होस्ट गर्नु भएको थियो । उक्त आश्रममा महिला तथा बालबालिका समेत गरी ७५ जना वेसहारा सडक मानव आश्रीत रहेको व्यवस्थापक रिना थापाले जानकारी गराउनु भयो ।