पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनको अध्यक्षमा हिमाल गैरे निर्वाचित हुनु भएको छ । एशोसियशनको आईतबार सम्पन्न आठौं अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्ष पदमा गैरेलाई सर्वसम्मत चयन गरिएकाे हाे ।
अधिवेशनमा प्रथम उपाध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत भएकाे छ। प्रथम उपाध्यक्षमा रजनिशराज आचार्य र भिष्मदेव भारीकाे उम्मेदवारी परेकाे छ । उक्त पदकाे लागि भाेली मंगलकार चुनाव हुने निर्वाचन आयुक्त खिमानन्द भट्टराईले बताउनु भयाे ।
त्यसबाहेकका पदमा भने सर्वसम्मत भएकाे छ । समितिका वरिष्ठ उपाध्यक्ष पदमा योगेन्द्र गुप्ता, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल महासचिवमा हरिराम कसौधन, कोषाध्यक्ष पदमा विशाल गैरे, सचिवमा डासिराम अधिकारी, सहकोषाध्यक्षमा लोकप्रसाद भुसाल र सहसचिवमा घनश्यामप्रसाद कान्दु निर्वाचित हुनु भएको निर्वाचन आयुक्त भट्टराईले जानकारी गराउनु भयो ।
त्यस्तै कार्यकारी सदस्यहरुमा दुर्गाप्रसाद चापागाई, भतरजंग कुवँर, सुखराम बर्मा सोनार, प्रदिपकुमार कानोडिया, विजयकुमार जयसवाल, नारायणबहादुर विष्ट, सुनिल थापा, दिनेशकुमार कसौधन, मोहम्मद अस्लाम खान निर्वाचित हुनु भएको छ ।
एशोसियशनको जिल्ला प्रतिनीधि सदस्यमा रुपन्देहीबाट अभिषेक भारी, नवलपरासीबाट राजेशकुमार गुप्त, कपिलबस्तुबाट ढुण्डिराज अधिकारी, अर्घाखाँची–गुल्मीबाट कृष्णप्रसाद भुसाल, पाल्पा–स्याङ्जाबाट ज्ञानप्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । त्यस्तै तीन सदस्यीय लेखा समितिको संयोजकमा बृजेन्द्रकुमार कसौधन तथा सदस्यहरुमा नवराज भट्टराई र विष्णुप्रसाद यादव निर्वाचित हुनु भएको छ ।