लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ देखि : नवनिर्वाचित सांसदलाई १७ गते शपथ

15

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ देखि : नवनिर्वाचित सांसदलाई १७ गते शपथ

लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुलाई यहि पुस १७ गते आईतबार सपथ ग्रहण गराईने भएको छ । नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई प्रदेश प्रमुखले सपथ ग्रहण गराउनु हुनेछ ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७१ को नियम ४ को उपनियम (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक आह्वान भएपछि बैठक बस्नु अघि प्रदेश सभा सदस्यमा निर्वाचित सदस्यहरुले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सदस्यहरुलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउने व्यवस्था छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम यहि पुस १८ गते दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गर्नु भएको छ । सोही शपथ ग्रहणको आवश्यक तयारी गर्न प्रदेश प्रमुखको कार्यालयबाट पत्राचार भएबमोजिम १७ गते आईतबार शपथ ग्रहणको तयारी गरिएको प्रदेश सभा प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी गराउनु भयो ।
पहिलो प्रदेश अधिवेशन लुम्बिनीको राजधानी दाङ, देउखुरीमा बोलाइएको छ । त्यस्तै शपथ ग्रहणको लागि पनि प्रदेश राजधानी दाङमा तयारी गरिएको उहाँले जानकारी गराउनु भयो । यसअघि प्रदेशको अस्थायी मुकाम बुटवलमा बस्दै आएको प्रदेशसभा सरेपछि पहिलो पटक राजधानी दाङमा अधिवेशन हुन लागेको हो । लुम्बिनी प्रदेशमा प्रत्येक्ष तर्फ ५२ र समानुपातिक तर्फ ३५ गरी ८७ सदस्य छन् ।