आजदेखि बुटवलमा सडक खाना महोत्सव

1.3K

आजदेखि बुटवलमा सडक खाना महोत्सव

आज शुक्रबारदेखि बुटवलमा तीन दिन सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ‘चौंथो बुटवल सडक खाना महोत्सव–२०७९’ गर्न लागिएको हो ।
‘नेपाली मौलिक कला संस्कृती तथा खानपानका परिकार हाम्रो सान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको सडक खाना महोत्सव बुटवलको मिलनचोक तिनकुने देखि बसपार्क सम्मको कालिका पथ सडकमा सञ्चालन गरिने छ ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकास तथा नेपाली कला संस्कृती र खानपानका परिकारहरुको प्रचारप्रसार, बजारीकरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको सडक खाना महोत्सवमा करिव एक सय स्टल राखिने छ । यहि पुसको १७ गते आईतबारसम्म साँझ ६ बजेदेखि राती १२ बजेसम्म सडक खाना महोत्सव सञ्चालन गरिने छ ।
महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टबाट उत्पादित परिकारहरु, लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका खानाका परिकार र विभिन्न जातजाती विशेष खानाका परिकारको प्रदर्शनी तथा विक्रि वितरण गरिने सडक खाना महोत्सवका बारेमा जानकारी गराउन विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा खाना महोत्सव–२०७९ मुल आयोजक समितिका संयोजक रामप्रसाद गौतमले जानकारी गराउनु भयो । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांकृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने छन् ।
संघले अंग्रेजी नयाँ वर्षको अवसर पारेर २०७५ सालमा पहिलो पटक बुटवलमा सडक खाना महोत्सव गरेको थियो । त्यस्तै २०७६ मा दोस्रो खाना महोत्सव गरिएको थियो भने त्यसयता कोभिड–१९ महामारीका कारण रोकिएको थियो । त्यसपछि २०७९ बैशाख १ गते नेपाली नयाँ वर्षमा एक दिने सडक खाना महोत्सव गरिएको संघका महासचिव माधवकुमार खनालले जानकारी गराउनु भयो । उहाँका अनुसार संघले आयोजना गरेको यो सडक खाना महोत्सव चौथो हो ।
बुटवलको कालिका पथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालिन व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पु¥याउने संघका अध्यक्ष गौतमको विश्वास छ । सडक खाना महोत्सव सञ्चालन गर्नको लागि खुला स्थानमा टेन्ट लगाउनु पर्ने, विद्युत, खानेपानी, सरसफाई समेतको व्यवस्थापनमा करिव २५ लाख बढी खर्च हुने अनुमान गरिएको र १ लाख बढी दर्शकले अवलोकन गर्ने तथा १ करोड बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।