रोटरी क्लव अफ बुटवल साउथमा डिष्ट्रिक गभर्नर जितेन्द्रबहादुर राजभण्डारी भिजिट गर्नु भएको छ । डिष्ट्रिक गभर्नर राजभण्डारीले विहिबार क्लव भिजिट गर्नुभएको हो । क्लवको १०४३ नियमित बैठक तथा क्लव एसेम्ब्लीमा बोल्दै उहाले क्लवले धेरै राम्रो काम गरेको प्रतिक्रिया दिनुभयो ।
रोटरीको अभियानकै कारण विश्वमा पोलियो उन्मुलनको विन्दुमा पुगेपनि अहिले पुनः ३५ जनामा भेटिएको बताउँदै पोलियो विरुद्ध फेरी पनि अभियान चलाउनु पर्ने भनाई राख्नुभयो । त्यसमा सबैले साथ र सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष टंकनाथ अधिकारीले क्लवमा आफ्नो कार्यकालको ६ महिनाको अवधिमा लिईएका लक्ष्यहरु पुरा भएको बताउँदै बाँकी समयमा पनि थप उत्साहका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्लवले यो वर्ष विशेष गरेर शिक्षा गुणस्तर अभिबृद्धिका लागि सामुदायिक विद्यालयका शिक्षकका लागि ‘टिचर्स ट्रेनिङ प्रोग्राम’लाई प्राथमिकता दिईएको जानकारी गराउँदै यो धेरै प्रभावकारी हुने पनि दावी गर्नुभयो ।
त्यस अवसरमा रोटरी फाउण्डेसन कमिटि चियर किशु शर्मा, सर्भिस प्रोजेक्ट कमिटि चियर शारदा पंगेनी, मेम्बरशिप कमिटि चियर बालकृष्ण भण्डारी, पब्लिक ईमेज कमिटि चियर प्रभा ज्ञवाली, क्ल्व एड्मिन चियर देवबहादुर कुवँरले तयार पारेको क्लवले लिएको लक्ष्य र हालसम्म गरेको प्रगति सहितको प्रतिवेदन प्रस्तुत गरिएको क्लवका सचिव ज्ञानेन्द्र गिरीले जानकारी गराउनु भयो ।
