बैंकर एसोसिएसन लुम्बिनीको संयोजकमा बिष्ट

17

बैंकर एसोसिएसन लुम्बिनीको संयोजकमा बिष्ट

नेपाल बैंकर एसोसिएसन (एनबिए) लुम्बिनी प्रदेशको संयोजकमा एनएमबि बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख नविन बिष्ट चयन हुनु भएको छ । हालै भएको सदस्यहरुको भेलाले उहाँलाई सर्वसम्मत रुपमा संयोजकमा चयन गरको हो ।
त्यस्तै एशोसियसनको सह–संयोजकमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुमिर शम्सेर जबरा, सदस्य सचिवमा हिमालयन बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्न्यात चयन हुनु भएको छ ।
एशोसिएसनको प्रदेश सदस्यहरुमा प्रभु बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुवास कुवर, नेपाल एसबिआइ बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख शिव दाहाल, नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुशीलकुमार नेपाल चयन हुनु भएको छ ।
संयोजक विष्ट झन्डै डेढ दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत हुनुहुन्छ । नवनिर्वाचित विष्टले आगामी दिनमा एशोसिएसनले प्रदेशमा अन्तरबैंक सम्बन्ध तथा अन्तर बैंक कर्मचारी बिच दीगो सम्बन्ध स्थापित गर्ने, वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु ल्याउने बताउनु भयो ।