रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारी क्लवको ग्लोवल ग्राण्ड अटिजममा सहयोग गर्न एजी राजु खरेललाई आग्रह गर्नुभएको छ । क्लवले यो वर्ष अटिजम विरुद्धको अभियान सञ्चालन गर्नुको साथै अटिजमका बालबालिकालाई अध्ययनको लागि विद्यालय सञ्चालनको तयारी गरेको छ । क्लवको तेस्रो एसेम्ब्लीमा आउनु भएका एजी खरेललाई त्यसका लागि सहयोग गर्न अध्यक्ष भण्डारीले आग्रह गर्नुभएको हो ।
त्यस अवसरमा एजी खरेलले पनि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको क्लवका सचिव शंकर पाण्डेले जानकारी गराउनु भयो । एजी खरेलले डिजिसंग सल्लाह गरेर डिष्ट्रिकबाट के गर्न सकिन्छ आफ्नो तर्फबाट पहल गर्ने उहाँको भनाई थियो ।
शनिबार बिहान भएको क्लवको तेस्रो क्लव एसेम्ब्लीमा कमिटि चियरहरु द रोटरी फाउण्डेसनका अर्जुन आचार्य, एड्मिस्ट्रेसनका किशोरबहादुर विक, सर्भिस प्रोजेक्ट केशवबहादुर कुवँर, मेम्बरशिप देवीलाल भट्टराई र पब्लिक रिलेसन चियर राजु चौधरीले क्लवले लिएको लक्ष्य र हालसम्म सम्पन्न भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।