बुटवल सडक खाना महोत्सवमा दुई लाख दर्शक, दुई करोडको कारोवार

1.3K

बुटवल सडक खाना महोत्सवमा दुई लाख दर्शक, दुई करोडको कारोवार

बुटवलको कालिकापथ सडकमा तीन दिन सम्म सञ्चालन गरिएको सडक खाना महोत्सवमा दुई करोड बढीको कारोवार भएको छ । त्यस्तै दुई लाख दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गरेका छन् ।
पर्यटन विकासको मेरुदण्ड मानिने होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको छाता संस्था होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले यहि पुसको १५ गतेदेखि तीन दिन बुटवलको कालिकापथ सडकमा ‘चौथो बुटवल सडक खाना महोत्सव’ २०७९ गरिएको थियो । उक्त तीन दिने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेको र दुई करोडको कारोवार भएको संघका अध्यक्ष रामप्रसाद गौतमले बताउनु भयो ।
‘नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गरिएको सडक खाना महोत्सव’ सहभागि स्टलधनीहरुलाई व्यवसाय गर्ने राम्रो अवसर प्रदान गरेको संघका महासचिव माधवकुमार खनालले बताउनु भयो ।
महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपानका परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुगेको संघका अध्यक्ष रामप्रसाद गौगम बताउनु हुन्छ । बुटवल उपमहानगरपालिका वडा न–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा खाना महोत्सव गरिएको थियो ।