पाल्पाकाे रैनादेवी छहरा गाउपालिकामा बस दुर्घटना हुदा एकै गाउका ६ महिलाकाे ज्यान गएकाे छ ।
विहीबार राति रुपन्देहीकाे सालझण्डीबाट पाल्पा रैनादेवी छहराकाे खुर्साने जाँदै गरेका ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस पल्टिदा वडा नं. ८ खुर्सानेका ६ जना महिलाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका छन् ।
उक्त बस राती रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा दुर्घटना भएको थियो । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेकाे पनि प्रहरीले बताएकाे छ । दुर्घटनामा अरु २६ जना घाईते भएका छन् ।