बजार प्रतिनीधि संघ लुम्बिनीको प्रदेश अध्यक्षमा गैरे

186

बजार प्रतिनीधि संघ लुम्बिनीको प्रदेश अध्यक्षमा गैरे

नेपाल बजार प्रतिनीधि संघ लुम्बिनीको अध्यक्षमा महेश गैरे निर्वाचित हुनु भएको छ । संघको शनिबार बुटवलमा सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा अनिलकुमार शर्मा र युवराज पराजुली, सचिवमा दिपेन्द्र खत्री, उपसचिवमा अर्थ उपसचिव गिरिराज भट्टराई, संगठन उपसचिव सुधन गैरे, अतिरिक्त उपसचिवमा कृष्ण भुसाल र प्रचारप्रसार उपसचिवमा राजु पराजुली सर्वसम्मत हुनु भएको छ । त्यस्तै खाली रहेको शिक्षा उपसचिव पछि मनोनित गरिने अध्यक्ष गैरेले बताउनु भयो ।
त्यस्तै कार्यसमिति सदस्यमा दिपकसिंह बोहोरा, खिमलाल भुसाल, गणेश बस्याल, गोविन्द ज्ञवाली, दिनेश ज्ञवाली, बाबुराम ढकाल र जगदम्बिकाप्रसाद अग्रहरी रहेको निर्वाचन समितिका संयोजक शम्भु श्रेष्ठले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी र बजार प्रतिनीधि एक सिक्काका दुई पाटा भएको बताउँदै आईसीयू र भेन्टिलेटरमा रहेका उद्योगहरुलाई बचाउने जिम्मेवारी उद्योगीहरुको मात्रै नभएर बजार प्रतिनीधिहरुको पनि भएको बताउनु भयो । उहाँले उद्योग रहेमात्रै बजार प्रतिनीधिहरुको पेशा पनि रहने भएकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभएको हो ।
अध्यक्ष कसजूले हालै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा केही संशोधन गरेपनि उद्योगी व्यवसायीहरुको लागि प्रयाप्त नभएको भनाई राख्नुभयो । चर्को बैंक व्याजले उद्योग धन्दा धाराशायी रहेको र एलसीमा १२० प्रतिशत डिपोजिट गर्नुपर्ने प्रावधानले व्यवासयीलाई समस्या भएको बताउँदै बैंकको व्याजदर एकल विदुमा कायम गरिनु पर्ने र एलसीको उक्त प्रावधान हटाउनु पर्ने उहाँको भनाई छ ।
नेपाल बजार विक्रि प्रतिनीधि संघका प्रदेश अध्यक्ष चेतन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बजार प्रतिनिधि संघ पूर्व केन्द्रीय अध्यक्ष सुर्य पराजुली, केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदम भट्टराई, संगठन सचिव रमेश नेपाल, लुम्बिनी इकाई अध्यक्ष विश्वमणी भुसाल, राप्ती इकाई अध्यक्ष नवराज सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।