पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

83

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको दिन पुस २७ लाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।
गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रुपमा एकीकरण गर्नुभएको थियो । उहाँको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२÷०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।
यसवर्ष सरकार निर्माणका लागि महत्वपूर्ण घटक राप्रपाले सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने अडान राखेको थियो ।