सरकारको न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)

48

सरकारको न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)

सरकारको न्यूनतम कार्यक्रमलाई मन्त्रीपरिषद बैठकले पारित गरेको छ । सरकार सञ्चालन गर्न गठन गरिएको सत्ता गठबन्धन दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारको न्यूनतम कार्यक्रम तयार गरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो ।
संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीले सोमबार कार्यक्रमको पुस्तिका दाहाललाई बुझाउनु भएको हो । न्यूनतम कार्यक्रममा सरकारले नागरिकलाई सेवा सुविधा दिने, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकृतिहरु सुधार्ने, बिग्रेको आर्थिक अवस्थामा सुधार ल्याउने देखि सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने लगायतका विषयहरु समेटिएका छन् ।
सत्तासाझेदार ७ दलले चुनावमा गरेका प्रतिबद्धताहरुलाई समेटेर बनाइएको न्यूनतम कार्यक्रमलाई अब सरकारले आफ्नो मूल नीति मानेर काम अघि बढाउने प्रधानमन्त्री दाहालले बताउनु भयो । संयन्त्रका संयोजनक ओलीले पनि अब सरकारले यो नीतिगत निर्देशनमा काम गर्ने र यसका लागि दलहरुले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पूर्णपाठ