आज प्रधानमन्त्रीले विश्वासकाे मत लिदै

62

आज प्रधानमन्त्रीले विश्वासकाे मत लिदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै हुनुहुन्छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त हुनु भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लाग्नु भएकाे हाे ।
मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले विश्वासको मत लिन लाग्नु भएकाे हाे । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।