लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार संविधानको धारा १६८ उपधारा (२) बमोजिम नेकपा एमालेका संसदीय दलका गिरीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३ र स्वतन्त्र २ जना गरी ५८ प्रदेश सभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।
उहाँले ५८ जना प्रदेश सभा सदस्यहरुको समर्थन सहित आजै प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको थियो । मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम मंगलबारलाई नै तय गरिएको थियो । यद्यपी मंगलबार दावी पेश गरिएन । एक एमाले सांसदका अनुसार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा पाँचै वर्ष एमालेलाई प्रदेशको नेतृत्व दिन नसकिने भन्दै काठमाण्डौ पुगेपछि मंगलबार दावी पेश गर्ने कार्यक्रम रोकिएको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधा आधा समय मिलाउने बचन दिएपछि एमालेलाई लुम्बिनीमा माओवादीले एमालेलाई सहयोग गरेको बुझिएको छ । यद्यमी सत्ता साझेदार एमाले अध्यक्ष ओली र प्रचण्ड विच यस विषयमा नयाँ सहमति भने भईनसकेको बताईएको छ ।